२०८३ वैशाख ८ , मंगलबार 21, April 2026, Tuesday

देउवाले बोलाए संसदीय दलको कार्यसमिति बैठक

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० फागुन २७ गते आइतबार

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।

देउवाले आफ्नो निवास बुढानीलकण्ठमा आज अपराह्न ४ बजे बस्ने गरि बैठक बोलाएका हुन् ।

उक्त बैठकमा राष्ट्रियसभा अध्यक्षको उम्मेदवारीबारे छलफल हुनेछ । राष्ट्रियसभा अध्यक्षको निर्वाचन आगामी २९ गते हुने भएको छ ।

प्रकाशित मिति : २०८० फागुन २७ गते आइतबार