२०८३ वैशाख १८ , शुक्रबार 1, May 2026, Friday

राष्ट्रियसभा बैठक बस्दै (सम्भावित कार्यसूची)

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० फागुन २७ गते आइतबार

राष्ट्रियसभा बैठक बस्दै छ । आज दिउँसो १ बजेर ९ मिनेट जाँदा बैठब बस्ने संसद् सचिवालयले जनाएको छ ।

आजको बैठकमा अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम मनोनयन गर्नेछन् । राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचनको लागि दिन तोक्ने कार्यसूची रहेको छ ।

त्यस्तै विषयगत समितिमा रहने सदस्यहरूको नाम हेरफेर तथा मनोनयनका लागि प्रस्ताव गर्ने कार्यसूची रहेको संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।

प्रकाशित मिति : २०८० फागुन २७ गते आइतबार