वडाध्यक्षहरुको निधन भएपछि स्थानीय तहका २६ पदमा उपनिर्वाचन हुने भएको छ । पछिल्लो पटक थप तीन जना वडाध्यक्षको मृत्यु भएपछि स्थानीय तहमा उपनिर्वाचन गर्नुपर्ने पदको संख्या २६ पुगेको हो ।
उपनिर्वाचनको मिति घोषणा भएपछि हालसम्म रिक्त रहेका सबै पदको उपनिर्वाचन हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । दल दर्ता हुने अघिल्लो दिनसम्म रिक्त भएका पदमा उपनिर्वाचन गर्न सकिने जनाइएको छ ।
निर्वाचन आयोगले उपनिर्वाचनको तयारी भइ रहेको पनि जनाएको छ । पछिल्लो समय सुदूरपश्चिम प्रदेशको भीमदत्त नगरपालिका–६, कर्णालीको सानीभेरी गाउँपालिका–५ र मधेशको डाक्नेश्वरी नगरपालिका–४ का वडाध्यक्षहरुकोे निधन भएको छ ।
यस्तै जिल्ला समन्वय समितिका प्रमुख दुई, नगर उपप्रमुख र गाउँपालिकाका अध्यक्ष एक एक तथा उपाध्यक्ष दुई र वडाध्यक्ष २० गरी २६ पद रिक्त रहेको आयोगले जनाएको छ । यसैगरि प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको एक एक पद पनि रिक्त छन् । रिक्त रहेका यी दुवै पदको उपनिर्वाचन वैशाख १५ गते हुने निश्चित भइसकेको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं