२०८३ वैशाख ८ , मंगलबार 21, April 2026, Tuesday

राउत,चौधरी र ठाकुरलाई आफ्नो पक्षमा उभिन देउवाको आग्रह

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० फागुन २३ गते बुधबार

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन निर्माण गर्ने रणनीति स्वरुप साना दलहरुलाई आफ्नो पक्षमा उभिन आग्रह गरेका छन् ।
डा सिके राउत नेतृत्वको जनमत पार्टी, रेसम चौधरी शंरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग सभापति देउवाले बुधबार भेटेर आफ्नो कित्तामा उभिन आग्रह गरेका हुन्।

देउवाले तिनै जना नेतालाई आफ्नै निवास बुढानिलकण्ठमा बोलाएर सहयोग मागेका हुन्।

जनमत पार्टीका अध्यक्ष राउत र नागरिक उन्मुक्ति पार्टीका सभापति चौधरीले सभापति देउवालाई नयाँ गठबन्धनले सार्थकता नपाउने सुझाव दिएका र महन्थ ठाकुरले कुनै प्रतिक्रिया दिएनन्।

यसअघि देउवाले (नेकपा एस)एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्रीमा अफर गर्दै गठबन्धन निर्माण गर्न प्रस्ताव गरेका थिए। नेपालले उक्त प्रस्ताव अस्विकार गरे।

प्रकाशित मिति : २०८० फागुन २३ गते बुधबार