सूचनाको शक्ति - The Power Of Information

        

गण्डकी प्रदेशमा माओवादीका दुई मन्त्री बर्खास्त

गण्डकी प्रदेश सरकारले नेकपा माओवादी केन्द्रका दुई मन्त्रीलाई बर्खास्त गरेको छ ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेकपा माओवादी केन्द्रका सामाजिक विकास मन्त्री सुशील सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई बर्खास्त गर्नुभएको हो ।

दुई मन्त्रीलाई बर्खास्त गरेर मुख्यमन्त्री पाण्डेल दुवै मन्त्रालय आफै मातहत राख्नु भएको छ ।

केन्द्रमा सत्ता समीकरण फेरिएसँगै त्यसको असर गण्डकी प्रदेशमा देखिएको हो ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलवार ११:३५