सूचनाको शक्ति - The Power Of Information

        

नयाँ सत्ता गठबन्धनको बैठक बस्दै, मन्त्रालय बाँडफाँडबारे छलफल हुने

नवगठित सत्ता गठबन्धनको बैठक बस्दैछ । बैठक आज दिउँसो ३ बजे बस्ने गरि बैठक बोलाइएको हो ।

बैठकमा मन्त्रालय बाँडफाँडबारे छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार मनोहरी तिमल्सिनाले जानकारी दिए । उनका अनुसार गठबन्धनमा अन्य पार्टीलाई सामेल गराउने विषयमा पनि छलफल हुने छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नयाँ गठबन्धनमा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादीलाई पनि सहभागि गराउने पक्षमा छन् ।

सोमबार नयाँ गठबन्धन तर्फबाट बिना विभागीय मन्त्रीहरू नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ, नेकपा (एमाले) का पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद अर्यालले सोमबार पद तथा गोपनीयताको सपथ लिएका छन् ।

बाँकी मन्त्रीबारे आज बैठकमा निर्णय हुने बताइएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलवार ०९:२८

लोकप्रिय