सूचनाको शक्ति - The Power Of Information

        

नयाँ गठबन्धनमा राप्रपा सामेल नहुने

नयाँ बनेको एमाले-माओवादी गठबन्धनमा राजेन्द्र लिंग्देन नेतृत्वको राप्रपा सहभागी नहुने भएको छ ।

लिंग्देनले सोमवार सामाजिक सञ्जाल एक्समा एक ट्वीट गर्दै वर्तमान सत्ता केन्द्रित चलखेलमा राप्रपा सामेल नभएको स्पष्टोक्ति दिएका छन् ।

‘स्पष्टोक्ति: राप्रपा वर्तमान सत्ता केन्द्रित चलखेलमा सामेल छैन र हुँदैन,’ उनले भनेका छन्, ‘वर्तमान समस्याको समाधान सरकार परिवर्तन होइन अवस्था परिवर्तन हो ।’

उनले यो अवस्थामा परिवर्तनका लागि वर्तमान भ्रष्ट व्यवस्थाको अन्त्य अहिलेको अनिवार्य आवश्यकता र राप्रपा त्यही बाटोमा लागेको बताए ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार १२:०१

लोकप्रिय