सूचनाको शक्ति - The Power Of Information

        

सानो आकारको मन्त्रिमण्डलमा को-को बन्दैछन् मन्त्री ?

गठबन्धन भत्किएसँगै प्रचण्डको नेतृत्वमा आज सानो आकारको मन्त्रिपरिषद् बन्ने भएको छ ।

नेकपा माओवादी, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनाता समाजवादी पार्टी मिलेर बन्न लागेको नयाँ सत्ता समिकरणमा पाँच सदस्यीय मन्त्रीमण्डल गठन हुने भएको छ ।

प्रधानमन्त्री प्रचण्डसहित चारवटै दलबाट एक/एकजना मन्त्री बनाउने सहमति भएको हो ।

एमालेबाट पदम गिरी, रास्वपाबाट रवि लामिछाने बन्त्री बन्ने पक्का पक्की भइसकेको छ भने माओवादीले मन्त्री टुंगो लगाइसकेको छैन ।

त्यस्तै जसपाबाट उपेन्द्र यादव सहभागी हुन सक्ने सम्भावना छ । हालसम्म रविले गृह मन्त्रालय नै पाउनुपर्ने माग राखेका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार ११:५८