२०८३ वैशाख ६ , आइतबार 19, April 2026, Sunday

नयाँ गठबन्धनले सबै प्रदेशका मुख्यमन्त्री फेर्ने

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० फागुन २१ गते सोमबार

नयाँ गठबन्धन बनेसँगै सबै प्रदेशका मुख्यमन्त्रीहरू पनि फेर्ने तयारी भएको छ ।

सोमबार बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा संघीय सरकारसँगै प्रदेश सरकार गठन गर्ने तयारी रहेको प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका थिए ।

राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्षसहित सबै प्रदेशहरुमा गठबन्धनको सरकार गठन गर्ने तयारी भइरहेको माओवादीका सचिव देवेन्द्र पौडेलले जानकारुी दिए ।

अहिले चार प्रदेशमा कांग्रेसका मुख्यमन्त्री, २ प्रदेशमा माओवादीका मुख्यमन्त्री तथा एकमा जसपाबाट रहेका छन् ।

कोशीमा कांग्रेसका केदार कार्की, मधेसमा जसपाका सरोजकुमार यादव, बागमतीमा माओवादीका शालिकराम जम्कट्टेल, गण्डकीमा कांग्रेस सुरेन्द्रराज पाण्डे, कर्णालीमा माओवादीका राजकुमार शर्मा, लुम्बिनीमा कांग्रेसका डिल्लीबहादुर चौधरी, सुदूरपश्चिममा कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री छन्।

प्रकाशित मिति : २०८० फागुन २१ गते सोमबार