सूचनाको शक्ति - The Power Of Information

        

सत्ता गठबन्धनका शीर्ष नेता बालुवाटारमा

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु बालुवाटारमा छलफल गर्दैछन् । बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा गठबन्धन दलका शीर्ष नेताहरुको सहभागिता छ ।

सत्ता गठबन्धनका दलहरुबीच समसामयिक परिस्थितिमा छलफल गर्न बैठक बोलाइएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।

यद्यपि बैठकमा मन्त्री हेरफेर, राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार, सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन सम्बन्धी विधेयक लगायतका विषयमा छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री प्रचण्ड अहिलेका मन्त्रीहरुको कार्यसम्पादनमा असन्तुष्ट रहेकाले मन्त्रिपरिषद पुनर्गठन गर्नुपर्ने पक्षमा छन् । यस विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि सकारात्मक देखिएको बताइन्छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार ०८:१९

लोकप्रिय