सूचनाको शक्ति - The Power Of Information

        

लुम्बिनी प्रदेशसभालाई सम्बाेधन गर्न प्रधानमन्त्री प्रचण्ड देउखुरी आउँदै

लुम्बिनी प्रदेशसभाको तेस्रो अधिवेशनको दोस्रो बैठकलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशेष सम्बाेधन गर्ने भएका छन्।

शनिबार दिउँसो २ बजे बस्ने बैठकलाई प्रधानमन्त्री प्रचण्डले सम्बाेधन गर्ने कार्यक्रम रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए।

प्रधानमन्त्री आउने भएपछि प्रदेशसभा भवन परिसर क्षेत्रमा सरसफाइदेखि आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

नेपाली सेनाकाे हेलिकप्टरमार्फत् आदर्श नमुना माध्यमिक विद्यालय परिसर क्षेत्रमा ओर्लने र त्यहाँबाट सिधै प्रदेशसभामा पुगेर सम्बाेधन गर्ने कार्यक्रम छ। त्यसपछि प्रदेशका मुख्यमन्त्री, सभामुख लगायत प्रदेशका मन्त्रीहरूसँग भेट हुने छ।

याे भेटपछि राप्ती गाउँपालिकाको सभाहलमा आयोजित नेकपा माओवादी केन्द्रको जिल्ला स्तरीय पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बाेधन गर्ने कार्यक्रम रहेको जनाइएको छ।

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार ०७:४२

लोकप्रिय