सूचनाको शक्ति - The Power Of Information

        

कांग्रेस बाँकेले संस्थापक नेता सुवर्णलाई सम्झियो

नेपाली कांग्रेस बाँकेले आफ्ना संस्थापक नेता सुवर्ण शमशेर राणालाई सम्झेको छ ।

राणाको ११३औं जन्मजयन्तिका अवसरमा पार्टी कार्यालय नेपालगन्जमा आज दीप प्रज्वलन कार्यक्रम गरेर कांग्रेसले कोइरालालाई सम्झेको हो ।

नेपाली कांग्रेस बाँकेका कार्यवाहक सभापति गोपालप्रसाद अधिकारीको सभापतित्व एवम् केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीको प्रमुख आतिथ्यतामा सम्पन्न दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको हो । स्वर्गीय सुबर्ण शमशेर कांग्रेसका संस्थापक नेता, पूर्व पार्टी सभापति र पूर्व प्रधानमन्त्री समेत हुन् ।

दीप प्रज्वलन कार्यक्रममा केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले कांग्रेस निर्माणमा सुबर्ण शमशेरको अतुलनीय योगदान रहेको बताए । कांग्रेस नेता एवम् निवर्तमान लुम्बिनी प्रदेश सांसद शंकर गिरीले स्वर्गीय सुबर्णको राजनीतिक व्यक्तित्वमाथि प्रकाश पारेका थिए ।

उनले सुवर्णलाई दानवीर र त्यागी नेताका रुपमा चित्रण गरे । गिरीले सुबर्णको असल चरित्रलाई पार्टीका नेता कार्यकर्ताले व्यवहारिक जीवनमा अनुशरण गर्नुपर्नेमा जोड दिए । कार्यबाहक सभापति अधिकारीले पार्टी तथा नेता कार्यकर्ताले संस्थापक नेताहरुको योगदानलाई शिरोपर गरेर अगाडि बढ्न प्रण गर्नुपर्ने बताए ।

पार्टी सचिव सुधांशु कोइरालाले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य कोषाध्यक्ष यज्ञबहादुर बस्नेतले ब्यक्त गरेका थिए । कार्यक्रममा मैनबत्ती बालेर स्वर्गीय सुबर्ण शमशेरको स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहीबार १७:०५

लोकप्रिय