सूचनाको शक्ति - The Power Of Information

        

नवनिर्वाचित राष्ट्रियसभा सदस्यको शपथ सोमबार बिहान साढे ११ बजे

नवनिर्वाचित राष्ट्रियसभा सदस्यको शपथग्रहण तालिका सार्वजनिक गरिएको छ । उनीहरूको शपथ यही फागुन २१ गतेका निम्ति तोकिएको संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए ।

आउँदो सोमबार बिहान साढे ११ बजे संघीय संसद् भवनको ल्होत्से हलमा शपथको कार्यक्रम आयोजना गरिएको उनले बताए ।

राष्ट्रियसभा अध्यक्षसहित २० जनाको पदावधि फागुन २० गते सकिँदै छ । रिक्त हुने १९ पदका लागि गएको माघ ११ गते भएको निर्वाचनबाट सदस्य निर्वाचित भइसकेका छन् । एकजना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहीबार १४:०२