संघीय संसद अन्तर्गत प्रतिनिधिसभाका पाँच र राष्ट्रिय सभाका तीन समितिको बैठक मंगलबार बस्दैछ।
केही समितिले विधेयकहरुमाथि छलफल गर्दैछन् भने केहीले समसामयिक विषयमा छलफल गर्न लागेको संसद सचिवालयले जनाएको छ। बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिको बैठकमा अन्तरजातीय, अन्तरभाषिक, अन्तरधार्मिक, अन्तरसाँस्कृतिक सहिष्णुता प्रवर्धनमा आयोगले खेलेको भूमिकाका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ।
सोही समयमा बस्ने शिक्षा, स्वास्थ्य, तथा सूचना प्रविधि समितिको बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा छललफलको कार्यसूची छ । बिहान ११ बजे नै बस्ने सार्वजनिक लेखा समितिको बैठकमा समसामियक विषयमा छलफल हुनेछ।
प्रतिनिधिसभाकै अर्थ समिति तथा कानून, न्याय तथा मानव अधिकार समितिको बैठक दिउँसो २ बजे बस्ने गरी बोलाइएको छ। अर्थ समितिमा आन्तरिक छलफलको कार्यसूची रहेको छ भने कानून, न्याय तथा मानव अधिकार समितिमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
यस्तै बिहान ११ बजे बस्ने राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा सुशासनलगायत विषयमा अन्तरक्रियात्मक छलफल हुनेछ । साढे ११ बजेका लागि बोलाइएको विधायन व्यवस्थापन समितिको बैठकमा सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावारण प्रवर्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ मा सैद्धान्तिक छलफल गरिने भएको छ।
सोही समयमा बस्ने राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको पहिचान, आवास र भूमिमाथिको पहुँच लगायतका विषयमा छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ