नेता राजेन्द्र महतोले लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल परित्याग गरेको घोषणा गर्नुभएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेता महतोले लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल परित्याग गरेको घोषणा गर्नुभएको हो ।
पत्रकार सम्मेलनमा बोल्नुहुँदै उहाँले कुनै एउटा पार्टी र राजनीतिक दलबाट राष्ट्रिय प्रतिक्रान्ति सम्भव नभएकाले लोसपा, जसपा, कांग्रेस, एमाले सबै पार्टीहरुमा समेत बहुल राष्ट्रिय मान्यताको अधिकारको पहिचानको मान्यता राख्नेहरु एकजुट हुनुपर्ने बताउनु भयो ।
नेता महतोले आफ्नो क्रान्तिका लागि सबैले साथ दिन आह्वान गरेको बताउनु भयो । उहाँले राष्ट्रिय क्रान्ति मुक्तिका लागि अभियान, संघर्ष र बिद्रोहका क्रममा सशक्त आन्दोलन आवश्यक रहेको जानकारी दिनुभयो ।
उहाँले अभियान, संघर्ष र बिद्रोहले राजनीतिक शक्ति पैदा गर्ने बताउनु भयो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ