उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ लुम्बिनी प्रदेशस्तरीय सुरक्षा सम्मेलनमा सहभागी हुन बुधबार साँझ नेपालगन्ज आइपुग्नु भएको हो।
बिहीबारबाट नेपालगन्जमा सुरु हुने दुई दिने लुम्बिनी प्रदेशस्तरीय सुरक्षा सम्मेलनमा सहभागी हुन उहाँले बुधबार नेपालगन्जस्थित राँझा विमानस्थल आइपुग्नुभएको हो। उपप्रधान एवं गृहमन्त्री श्रेष्ठलाई प्रदेश मन्त्री, उच्च सुरक्षा अधिकारी र माओवादी नेताले स्वागत गर्नुभयो।
विमानस्थलमा लुम्बिनी प्रदेशका सहरी विकासमन्त्री कृष्णा केसी, लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डिआइजी कुँबेर कडायत, सशस्त्र प्रहरी बलका डिआईजी, बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी सुभाषचन्द्र बोहोरा लगायत उच्च सुरक्षा अधिकारी स्वागत गर्नुभएको हो।
बिहीबारबाट यहाँ सुरु हुने सुरक्षा सम्मेलनको गृहमन्त्री श्रेष्ठले उद्घाटन गर्नुका साथै सम्मेलनमा सहभागी भएर सुरक्षा अवस्थाको जानकारी दिँदै आवश्यक निर्देशन दिनुहुने कार्यक्रम रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो।
सम्मेलनमा सहभागी हुन लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धानका प्रमुख, सशस्त्र प्रहरीका प्रमुख लगायत उच्चस्तरीय सुरक्षा अधिकारी बुधवार नै नेपालगन्ज पुगिसक्नु भएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो। सुरक्षा सम्मेलनलाई मध्यजनर गरेर जिल्लाको सुरक्षा व्यवस्था कडा पार्नुको साथै नेपाल भारत नाकामा पनि कडाई गरिएको प्रहरीले जनाएको छ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके