सूचनाको शक्ति - The Power Of Information

        

गगन थापाले महासमिति बैठकमा पेस गरेको सांगठनिक प्रस्तावमा के छ? (पूर्णपाठ)

 नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीलाई सामाजिक रूपान्तरणको संवाहक बनाउने बताएका छन्।

ललितपुरको गोदवारीमा जारी महासमिति बैठकमा सांगठनिक प्रतिवेदन प्रस्ताव पेश गर्दै उनले कांग्रेसको अभियानलाई सामाजिक आन्दोलनसँग जोड्ने जानकारी दिए।

उनले भने, ‘पार्टीले आफूले नेतृत्व गरेका सबै तहका सरकार सञ्चालनका लागि सुशासनलाई मन्त्र बनाई जनतालाई निरन्तर तीनका मुद्दासँग जोडिएको अनुभुत गराउनेछौं। अवसर पाएको बेला अव्वल सेवा प्रवाह गर्न भविष्यप्रतिको भरोसा दिलाउनेछौं।’

महामन्त्री थापाले कांग्रेसलाई लोकतन्त्रमा आस्थावानहरूको एकमात्र विश्वासिलो र आम जनताको भरपर्दो पार्टी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

महामन्त्री थापाले आन्तरिक प्रतिस्पर्धामा गुटगत भिन्नता देखिए पनि सार्वजनिक हितका विषयमा एकजुट भएर लाग्ने सामूहिक भावना कांग्रेसमा रहेको बताए।

गठबन्धनबारे बोल्दै महामन्त्री थापाले तत्कालीन सरकारले पटक–पटक असंवैधानीक ढंगले प्रतिनिधिसभा विघटन गरेपछि गठबन्धनको परिस्थिति बनेको उल्लेख गरे।

उनले भने, ‘एक विशिष्ट परिस्थितिमा संविधान र लोकतान्त्रिक प्रणालीको रक्षार्थ नेपाली कांग्रेसले पाँचदलीय गठबन्धनको नेतृत्वगर्दै सरकारको जिम्मेवारी बहन गर्नुपरेको थियो। त्यसैको निरन्तरता स्वरुप पार्टीले लोकतन्त्र र संविधानको रक्षार्थ र स्थिरताका लागि निर्वाचनमा गठबन्धन गर्ने निर्णय भएको थियो।’

सरकार र पार्टीको सम्बन्धमा सबै तहमा केही न केही समस्या भए पनि ती समस्या समाधानका लागि छलफलका माध्यमबाट पार्टी अघि बढ्ने महामन्त्री थापाले जिकिर गरे।

यसअघि महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसबाटै सरकारमा गएका मन्त्रीहरुको भूमिका प्रभावकारी नभएको भन्दै आक्रोश व्यक्त गरेका थिए।

महामन्त्री शर्माले सत्ता गठबन्धनबारे प्रसस्त असन्तुष्टि र चुनौती रहेको पनि बताएका थिए। उनले बैठकका क्रममा भने- मन्त्रीको कार्यभार र प्रस्तुतिको समीक्षा गर्नुपर्ने अवस्था छ। सत्ता गठबन्धनको भरपुर विश्वास हुने गरी सरकारले काम गर्न सकेको छैन।

उनले सरकारको सफलता र असफलता दुवैमा कांग्रेसको पनि भूमिका रहने तर सफलताको जस लिन खोजे पनि असफलताको दोष कांग्रेसले लिन नचाहेको पनि बताए।  भने- सत्ता गठबन्धनको भरपुर बिश्वास हुने गरि सरकारले काम गरेको छैन। सरकारको सफलता वा असफलतामा कांग्रेसको पनि भूमिका छ तर सफलताको जस लिन खोज्ने अनि असफलताको जस किन लिने भन्ने कांग्रेसभित्र नै छ।’

महामन्त्री शर्माले जारी महासमिति बैठकमा समसायिक राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए। महामन्त्री शर्माले प्रतिवेदनमा लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र भएको उल्लेख गरेका छन्।

महामन्त्री शर्माले भने– ‘संघर्ष र संविधानसभाको मार्गबाट आएको नेपालको वर्तमान संविधाननै सबै चुनौती हल गर्दै मुलुकलाई समुन्नतिको उचाइमा पुराउने भरपर्दो माध्यम हो भन्ने तथ्यमा नेपाली कांग्रेस स्पष्ट छ ।’

महामन्त्री शर्माले अहिलेको गठबन्धन फरक मतको चुनौतीपूर्ण सहयात्रा भएको उल्लेख गरेका छन्।

यस्तो छ महामन्त्री गगन थापाको प्रतिवेदनको पूर्णपाठः

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलवार १८:५४

लोकप्रिय