२०८३ वैशाख १७ , बिहीबार 1, May 2026, Friday

कांग्रेस महासमिति बैठकको बन्दसत्र आजदेखि

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० फागुन ८ गते मंगलबार

नेपाली कांग्रेसको महासमिति बैठकमा आज बन्दसत्र सुरु हुँदैछ । ललितपुरको गोदावरीमा हिजो उद्घाटन भएको महासमिति बैठकको बन्दसत्र आज बिहान ९ बजे सुरु हुन लागेको हो ।

बन्दसत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसायिक प्रतिवेदन पेस गर्ने छन् । यस्तै पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान अवस्था र चुनौतीबारेको प्रतिवेदन पेस हुनेछ ।

महामन्त्री थापाको सांगठनिक प्रतिवेदनको एक विषयलाई लिएर सभापति देउवा असहमत रहँदै आएकोमा गएराति अबेरसम्मको छलफलपछि सहमति जुटेको छ ।

लामो छलफलपछि महामन्त्री थापाले महासमितिमा पेस गर्ने प्रस्तावमा ‘२०७९ को चुनावमा गठबन्धन गर्नु हाम्रो बाध्यता थियो, तर नेपाली कांग्रेस दृढ संकल्प गर्छ कि हामी आगामी चुनावहरू हाम्रो आफ्नै तागतमा एक्लै लड्ने छौँ र हाम्रा समर्थक–शुभेच्छुकलाई रूख चिह्नमा मात्रै मत हाल्न पाउने सुनिश्चित गर्नेछौं’ भन्ने विषयमा सभापति देउवा सहमत भएपछि सो प्रस्ताव बन्दसत्रमा पेस हुने भएको छ ।

प्रकाशित मिति : २०८० फागुन ८ गते मंगलबार