२०८३ वैशाख ६ , आइतबार 19, April 2026, Sunday

सडक डिभिजन कार्यालय काठमाडौँमा आगलागी

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० माघ २८ गते आइतबार

 सडक डिभिजन कार्यालय काठमाडौँमा आगलागी भएको छ।

आइतबार दिउँसो डिभिजन परिसरमै रहेको कार्यालय प्रमुखको क्वाटरमा आगलागी भएको हो। आगलागीका कारण प्रमुख नारायणदक्त भण्डारीको व्यक्तिगत सामान जलेर नष्ट भएको त्यहाँका एक कर्मचारीले जानकारी दिए।

आगलागीबाट कार्यालयका कुनै पनि महत्वपूर्ण सामानमा क्षति नपुगको बताइएको हो। आगलागी हुने वित्तिकै पाँचवटा दमकलले नियन्त्रणमा लिएको थियो।

प्रकाशित मिति : २०८० माघ २८ गते आइतबार