२०८३ वैशाख ८ , मंगलबार 21, April 2026, Tuesday

प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर फागुन ६ गते

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० माघ २४ गते बुधबार

 आउँदो फागुन ६ गते बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम राखिएको छ ।

सभामुख देवराज घिमिरेले बुधबारको प्रतिनिधिसभा बैठकमा उक्त जानकारी दिए । सभामुख घिमिरेले प्रश्नोत्तर कार्यक्रमका लागि फागुन २ गते दिउँसो ३ बजेभित्र सांसदहरूलाई लिखित प्रश्न दर्ता गराउने विषयमा पनि जानकारी दिएका छन् ।

प्रतिनिधिसभाको अर्को बैठक फागुन ६ गते बिहान ११ बजे बस्नेगरी आजको बैठक स्थगन भएको छ ।

प्रकाशित मिति : २०८० माघ २४ गते बुधबार