सूचनाको शक्ति - The Power Of Information

        

आरोप र लाञ्छनाप्रति आक्रोशित भएको छैन : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूहरूको ध्यान लोकतन्त्रको रक्षा र संरक्षणमा केन्द्रित रहेको बताएका छन् । रफत सञ्चार क्लबको १४औँ वार्षिकोत्सवका अवसरमा मंगलबार भक्तपुरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

जुनसुकै परिस्थिति आए पनि मुलुकको लोकतन्त्रको हरण नहोस् भनेर काम अघि बढाइने उनले उल्लेख गरे । सरकारले ल्याउने कानुनहरूलाई ध्यानमा राखेर प्राथमिकताका आधारमा रास्वपाले सदनमा जिम्मेवार भूमिका निर्वाह गर्ने उनले बताए ।

उनले आफ्ना बारेमा उठाइएका विभिन्न प्रश्नहरूको सामना गर्न आफू तयार रहेको स्पष्ट पारे । आफूप्रतिको आरोप र लाञ्छनाप्रति आक्रोशित नभएको उनले बताए । यसले आफूलाई प्रस्ट पार्ने मौका पाएको उनको भनाइ छ ।

राजनीति र पत्रकारिताको सेवा एकैपटक सम्भव नहुने उनले बताए । पत्रकारितालाई राजनीतिबाट पर राख्न उनले सुझाव दिए ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलवार १४:२८

लोकप्रिय