सूचनाको शक्ति - The Power Of Information

        

राप्तीसोनारी गाउँपालिकाको अर्धवार्षिक समिक्षा

बाँकेको राप्तीसोनारी गाउँपालिकाको अर्धवार्षिक समिक्षा सुरु भएको छ । गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलको अध्यक्षतामा सुरु भएको अर्धवार्षिक समिक्षामा वडा र विषयगत शाखाहरुले प्रस्तुतिकरण गरिरहेका
छन् ।

‘गएको साउन १ गतेदेखि पुस मसान्तसम्म ६ महिनाको अवधिमा भएका कामहरुको समिक्षा गर्न अर्धवार्षिक समिक्षा कार्यक्रम आयोजना गरिएको हो,’ गाउँपालिकाका अध्यक्ष पौडेलले भने–‘सबै शाखाले भए गरेका कामहरुको रिपोर्टिङ गरिरहेका छन् ।’

चालु आर्थिक वर्ष २०८०/०८१ को ६ महिनाको अवधिमा पालिकाले गरेका प्रगति र चुनौतिको मूल्यांकन गरेर आगामी दिनमा गर्नुपर्ने थप योजनाहरुको बारेमा समेत समिक्षा हुने पालिका अध्यक्ष पौडेलले बताए ।

सोमवार पहिलो दिन वडा नम्बर १, २, ३, ५, ८ र ९ ले प्रगति विवरण पेश गरेको योजना शाखा प्रमुख बालानन्द पौडेलले जानकारी दिए । उनका अनुसार वडा सचिवहरुले ६ महिनाको अवधिमा भए गरेका कामहरुको बारेमा प्रस्तुतिकरण गरेका थिए ।

त्यसैगरी योजना शाखा प्रमुख पौडेलले पनि योजना शाखाको प्रस्तुतिकरण गरेका छन् । महिला तथा बालबालिका शाखा प्रमुख सम्झना दरलामी, शिक्षा तथा खेलकुद शाखा प्रमुख जीवन न्यौपाने, कानुन शाखाका प्रमुख लोकेन्द्र चन्द, सहकारी शाखा प्रमुख गंगा वली, प्रशासन शाखा प्रमुख राज तिलक थापा र कृषि शाखा प्रमुख चन्द्र शाहीले आआफ्नो शाखाको अवस्थाबारे प्रस्तुतिकरण गरेका छन् । ‘

‘पहिलो दिन वडा र विषयगत शाखाका गरी १३ वटा प्रस्तुतिकरण रह्यो,’ योजना शाखा प्रमुख पौडेलले भने–‘बाँकी वडा र शाखाहरुले आज प्रस्तुतिकरण गरेपछि अर्धवार्षिक समिक्षा समापन हुनेछ ।’

सम्पूर्ण शाखा तथा वडाहरुको प्रस्तुतिकरणपछि पालिकाका अध्यक्ष पौडेल, उपाध्यक्ष मनिषा सिंह थारु र प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश देवकोटाले अर्धवार्षिकको समराइज गर्नेछन् ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलवार १४:२६

लोकप्रिय