प्रतिनिधिसभामा गणपूरक संख्यामा पुर्याउन पनि मुस्किल हुने र सांसदहरु हाजिर गरेर भाग्न थालेपछि आजदेखि डिजिटल हाजिर सुरु गरिएको छ । सोमबार बसेको संसद् बैठकदेखि नै डिजिटल हाजिर सुरु गरिएको हो ।
बैठकमा उपस्थितिको विवरण वेबसाइटमार्फत जानकारी गराउने निर्णय पनि गरिएको छ । यस्तै, संसद् बैठक सञ्चालन सम्बन्धी माघ र फागुन महिनाको क्यालेन्डर पनि अनुमोदन गरिएको छ ।
‘विद्युतीय उपस्थिति तथा उपस्थिति विवरण वेबसाइटमार्फत सार्वजनिक गर्ने निर्णय भयो,’ सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले भने । कार्यतालिका लागु भएपछि बैठकमा सांसदहरूको उपस्थिति र सहभागिताका निम्ति सहज हुने सभामुखको अपेक्षा छ ।
गएको एक वर्षमा एउटा मात्र विधेयक पारित गरिएको विषयमा प्रश्नहरू उठाइएको उनले उल्लेख गरे । प्रतिनिधिसभाको सोमबारको बैठक २५ मिनेट बसेर स्थगित भएको छ । प्रतिनिधिसभाको अर्को बैठक भोलि माघ २४ गते बिहान ११ बजे बस्नेछ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं