२०८३ वैशाख १७ , बिहीबार 30, April 2026, Thursday

माओवादी केन्द्रको संसदीय दलको बैठक आज

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० माघ २१ गते आइतबार

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक आज बस्दै छ । बैठक  बिहान  सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बस्नेछ ।

बैठकमा संसद्को हिउँदे अधिवेशनका सम्बन्धमा सांसदहरूलाई प्रभावकारी बनाउन प्रशिक्षण एवं अधिवेशनमा प्रस्तुत हुने विधेयकका बारेमा छलफल गरिने बताइएको छ ।

संसद्को हिउँदे अधिवेशन यही माघ २२ गतेबाट बस्दै छ । यो अधिवेशनमा सङ्घीयता कार्यान्वयन, शान्ति प्रक्रिया लगायत महत्त्वपूर्ण कानुनहरू बनाउने विधेयक अघि बढाउने सरकारको तयारी छ ।

प्रकाशित मिति : २०८० माघ २१ गते आइतबार