सूचनाको शक्ति - The Power Of Information

        

पूर्वराजासहित राजावादीहरुसँग दुर्गा प्रसाईंको हिमचिम

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजावादीहरुसँग भेटघाटलाई तिव्रता दिएका छन् । राष्ट्र, राष्ट्रियता, धर्मसंस्कृती र नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका प्रसाईंले पछिल्लो समय राजावादीहरुसँगको भेटघाटलाई तिव्रता दिएका हुन् ।

केही दिनअघि पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटेको तस्वीर सार्वजनिक गरेका प्रसाईंले पूर्वमन्त्री समेत रहेका राप्रपाका वरिष्ठ नेता डा.प्रकाशचन्द्र लोहनीसँग भेट गरेका छन् । लोहनीसँग भेटेको तस्वीर सार्वजनिक गर्दै प्रसाईंले देशको वर्तमान अवस्थाको बारेमा छलफल गरेको बताएका छन् ।

गत मंसिर ७ गते काठमाडौंमा बृहत आन्दोलन गरेका प्रसाईंको मुल एजेण्डा हिन्दू राज्य स्थापना रहेको थियो । केही राजावादीहरुको समेत समर्थन रहेको आन्दोलन क्रमिक रुपमा सेलाउँदै गएको थियो । पुनः नयाँ आन्दोलनको तयारीका लागि प्रसाईंले राजावादी नेताहरुलाई भेटेको बुझिएको छ ।

प्रकाशित मिति : १८ माघ २०८०, बिहीबार १०:२१

लोकप्रिय