कुष्ठरोग एक प्रकारको सानो आँखाले देख्न नसकिने माइक्रो ब्याकटोरिया लिप्रे नामको किटाणुबाट छाला तथा नशामा असर पार्ने एक किसिमको रोग हो । यसले मुख्यतयाः हाम्रो छाला तथा नशामा असर गर्छ । चाडैं उपचार गरिएन भने अरु अंगमा पनि असर पुर्याउन सक्छ ।
लामो समयसम्म उपचार भएन भने अंगभंग गराइ अपांगता समेत गराउन सक्छ । कुष्ठरोग एक उपचारात्मक समस्यामात्रै होइन्, यो सामाजिक समस्या पनि हो । यसले हाम्रो स्वास्थ्यमा मात्रै असर गर्दैन्, हाम्रो समुदाय, घरपरिवार र सामाजिक क्रियाकलापमा पनि असर पुर्याइरहेको हुन्छ । अहिले पनि कुष्ठरोग प्रभावितमाथि विभेद् गर्ने चलन पूर्णरुपमा निर्मुल भैसकेको छ ।
केही समयअघिसम्म कुष्ठरोग प्रभावितलाई सामाजमा बहिष्कार गर्ने, घरबाट निकालिदिने समेत गरिन्थ्यो । कति कुष्ठरोग प्रभावितहरु त ओढारमा बस्न समेत बाध्य भए । कुष्ठरोग प्रभावित निको भएरमात्रै पुग्दैन्, त्यसपछि उसलाई समाजमा कसरी ब्यवहार गरिन्छ । कुष्ठरोगभन्दा ठूलो रोग त त्यो हो । कुष्ठरोग त ६ महिना वा १ वर्षमा निको हुन्छ । तर, समाजले कुष्ठरोग प्रभावितलाई लगाउने ट्याग एकदमै निर्मम र पीडादायी छ ।
यो पनि अरु रोगजस्तै निको हुने सामान्य रोग हो भन्ने कुरा समाजलाई बुझाउन जरुरी छ । अझ यो अरुरोगभन्दा पनि सामान्य रोग हो । जस्तो सुगर र प्रेसर हुँदा जीवनभर औषधी खानुपर्छ, तर कुष्ठरोग लाग्दा ६ महिना वा १ वर्ष औषधी खाए पुग्छ । रोग फर्किने सम्भावना पनि एकदमै न्युन हुन्छ । निको भैसकेपछि सर्न पनि सर्दैन् । त्यसैले यो रोग बारे समाजमा पर्याप्त जनचेतनाको खाँचो छ ।
कुष्ठरोग माइक्रो ब्याक्टोरियन लिप्रे नामको किटाणुका कारण हुने हो । यो किटाणु सर्ने खालको हो, यो एक ब्यक्तिबाट अर्को ब्यक्तिमा सर्छ ।
मुख्यतयाः कुष्ठरोग श्वासप्रश्वासको माध्यमबाट सर्छ । यसको सर्ने प्रमुख रुट भनेकै श्वासप्रश्वास हो । धेरै समय संगत भयो र छालाको संसर्ग भयो भने पनि सर्छ । तर, यसरी सर्ने सम्भावना भने एकदमै कम हुन्छ । सर्ने मुख्य कारण भनेको श्वासप्रश्वास नै हो । तर, हामीले के बुझ्नुपर्छ भने कुष्ठरोग लागेको ब्यक्तिले औषधी सुरु गरिसकेको छ भने त्यो अरुलाई सर्दैन ।
उपचार सुरु नगरेको विरामीबाट भने अर्कोलाई सर्छ । यदि एक ब्यक्तिलाई कुष्ठरोग लागेको छ, ब्याक्टोरियाबाट अर्कोमा स¥यो भने पनि अर्कोलाई कुष्ठरोग लाग्छ भन्ने ग्यारेण्टी हुँदैन् । ९५ प्रतिशत दोस्रो ब्यक्तिको रोग प्रतिरोधात्मक क्षमताले त्यो ब्याक्टोरियालाई जित्यो भने कुष्ठरोग लाग्दैन् । त्यसकारण यो सर्ने सम्भावना पनि कम हुन्छ ।
हात मिलाउदैंमा सर्ने रोग होइन्, खानेकुराबाट पनि यो रोग सर्दैन् । कुष्ठरोग प्रभावितले कुनै खानेकुरा बार्नुपर्छ भन्ने पनि हुँदैन् । सामान्य मानिसले खाने खानेकुरा खान सकिन्छ । उपचार सुरु नगरेका विरामीको लामो समयसम्म संसर्गमा रहँदा बसियो भने यो रोग सर्न सक्छ ।
कुष्ठरोगका लागि हामीसँग एकदमै बलियो उपचार प्रणाली छ । एकदमै प्रभावकारी उपचार छ । ९० प्रतिशतभन्दा बढी एकदमै प्रभावकारी एन्टीयोबायोटिकहरु हामीसँग छन् । कुष्ठरोग प्रभावित ब्यक्तिले औषधी उपचार गरेमा उ पूर्ण रुपमा निको हुन्छ । हामीसँग त्यस्तो पावरफूल र इफेक्टीभ औषधीहरु छन् ।
यसको औषधी ५ दिन ७ दिनमा खाएर सकिने एन्टीबायोटिकजस्तो हुँदैन् । यसका दुई वटा उपचार विधी छन् । विरामीको शरीरमा किटाणुले कति छ, रोगले छाला र स्नायुमा कतिको असर पु¥याएको छ । शरीरमा दागहरु कति छन् । कति वटा नशालाई प्रभाव पारेको छ, त्यो आधारमा दुई वर्गमा विभाजन गरेर उपचार गरिन्छ ।
एक पिबी (पोजी ब्यासिलरी) अर्को चाहिँ एमबी (मल्टी ब्याचिलरी) । जसको शरीरमा किटाणु कम छ वा जाँच गर्दा किटाणु भेटिएन भने उ पीबीमा पर्छ । जसको जाँच गर्दा किटाणु देखियो, जसको धेरै नशाहरु बिग्रेको छ । शरीरमा धेरै दागहरु छन् भने त्यसलाई एमबीमा राखेर उपचार गर्नुपर्छ ।
पिबीमा ६ महिनाको उपचार हुन्छ, एमबीका लागि १२ महिनाको उपचार हुन्छ । पिबीको लागि एक एक पत्ता औषधि ६ महिनासम्म खानुपर्छ । एमबीको लागि १ एक पत्ता महिनाको गर्दै १२ महिनासम्म खानुपर्छ । ६ महिना र १२ महिना पूरै औषधि खाइसकेपछि कुष्ठरोग निको हुन्छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
डा. रवीन्द्र बाँस्कोटा । काठमाडौं