सूचनाको शक्ति - The Power Of Information

        

राजेन्द्र लिङ्देनसँग रेखा थापा आक्रोशित, दिइन् यस्तो जवाफ

आफ्नो अमेरिका यात्रालाई लिएर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गरेको टिप्पणीले अभिनेत्री रेखा थापा आक्रोशित बनेकी छन् । राप्रपाकी केन्द्रीय कार्यसम्पादन समिति सदस्य समेत रहेकी उनले अमेरिकाबाटै सामाजिक सञ्जालमार्फत पार्टी अध्यक्ष लिङ्देनलाई जवाफ दिएकी छन् ।

लिङ्देनले हिजो एक सार्वजनिक कार्यक्रममा रेखाप्रति घुमाउरो टिप्पणी गरेका थिए । देशको दुरावस्था चित्रण गर्ने क्रममा उनले ‘एक कलाकार आफ्नो सन्तानलाई नेपाली बनाउन नचाहेर अमेरिका पुगेको’ बताएका थिए । यसलाई आफूप्रतिको कटाक्षका रूपमा बुझेर रेखा आक्रोशित बनेकी हुन् ।

उनले फेसबुकमा लिङदेनको नाम उल्लेख नगरी लेखेकी छन्, ‘देशको माया हुनेले आफ्नो सन्तान नेपाल फिर्ता बोलाए हुन्थ्यो ! अमेरिकामा किन राखेको ?’ राप्रपा अध्यक्ष लिङदेनकी छोरी अमेरिकामा छिन् । उनी उच्च शिक्षा अध्ययनका लागि एक वर्षअघि अमेरिका गएकी हुन् ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतवार ०९:५०

लोकप्रिय