बझाङको जयपृथ्वी नगरपालिकाका नगर प्रमुख चेतराज बजालले रास्वपालाई एङ्कित गर्दै ८४ सम्म घण्टीको रालो हराउँछ कि भन्ने डर रहेको टिप्पणी गरेका छन् । बेला बेलामा कमेन्ट गरेरै भए पनि चर्चामा आउने खोज्ने नगर प्रमुख बजाल अहिले कमेन्ट गर्न ब्यस्त देखिन्छन् । बझाङ जयपृथ्वी नगरपालिकाका मेयर बजाल र स्थानीयबीच सामाजिक सञ्जालमा दोहोरी चलेको छ ।
त्यस्तै उनलाई एङ्कित गर्दै बझाङ केदारस्यूँ गाउँपालिका घर भई हाल कामको शिलशिलामा जापान बसिरहेका दिपेन्द्र भण्डारीले आफ्नो फेसबुक वालमा रास्वपाका सभापति रवि लामिछानेको फोटो अपलोड गरी यस्तो स्टाटस लेख्छन्, ‘तीन करोड नेपालीको भगवान राजनेता रवि प्रधानमन्त्रीलाई माया गर्ने कोको हुनुहुन्छ ? जय घण्टी लेख्नुहोस त खै ?’
उक्त पोष्टमा बझाङ जयपृथ्वी नगरपालिका मेयर चेतराज बजालले रास्वपा पार्टीलाई ब्यङ्ग्य हान्दै २०८४ घण्टीको रालो हराउँछ कि भन्ने डर छ । त्यसैले राँलो जोगाउनु भनेर भण्डारीको वालमा मेयर बजालले कमेन्ट गरेको देखिन्छ । मेयर जस्तो पदमा भएका ब्यक्तिले यति सम्म लेख्न नहुने भनेर सामाजिक संजालमा मेयर बजाललाई कमेन्टमार्फत गाली पनि आएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
अर्थजङ्ग शाही । बझाङ