राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेशबाट सत्ता गठबन्धनका चारै जना उम्मेदवार विजयी भएका छन् । महिला र दलित, अल्पसंख्यक तथा अपांगता र अन्य क्लष्टरतर्फ सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका हुन् ।
महिलातर्फ नेपाली कांग्रेसका विष्णुदेवी पुडासैनीले ६ हजार ६२२ मतभारसहित विजयी भए । उनले नेकपा (एमाले)का उम्मेदवार रोचकुमारी चौलागाईंलाई पराजित गरे । चौलागाईंले दुई हजार ५५२ मतभार ल्याए ।
दलिततर्फ एकीकृत समाजवादीका घनश्याम रिजाल निर्वाचित भए । उनले ६ हजार ५१२ मतभार प्राप्त गरे । उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार ध्रुवराज विश्वकर्माले तीन हजार ५२ मतभार प्राप्त गरे ।
अन्यतर्फ नेपाली कांग्रेसका उम्मेदवार जितजंग बस्नेत निर्वाचित भए । उनले ६ हजार ५३१ मतभार ल्याउँदा नेकपा एमालेका त्रिलोचन निर्मल पौडेलले दुई हजार ३५९ मतभारसहित पराजित भए ।
अल्पसंख्यक तथा अपांगतातर्फ नेकपा (एमाले) का उम्मेदवार विवेक देवकोटा पराजित गर्दै माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी निर्वाचित भए । अधिकारीले ६ हजार ४३६ मत प्राप्त गर्दा प्रतिस्पर्धी देवकोटाले दुई हजार ७३४ मत ल्याए ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं