सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रियसभा निर्वाचन : कर्णालीमा सत्ता गठबन्धनका उम्मेदवार विजयी

कर्णालीमा राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन् । सहायक निर्वाचन अधिकृत उज्वलदेव रावलका अनुसार मतपरिणाम अनुसार गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका हुन् ।

गठबन्धनबाट अन्यतर्फ नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया, महिलातर्फ नेकपा (एकीकृत समाजवादी)की सावित्री मल्ल र दलिततर्फ नेकपा माओवादी केन्द्रका विष्णुबहादुर विक उम्मेदवार छन् । मत परिणाम भने सार्वजनिक हुन बाँकी रहेको रावलले बताए ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार १८:००