राष्ट्रिय सभा सदस्यका लागि विहीबार भएको मतदान तीन जना स्वतन्त्र जनप्रतिनिधिले बहिस्कार गरेका छन् ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज सम्पाङ राई र धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले बिहीबार भएको राष्ट्रिय सभा निर्वाचन बहिस्कार गरेका हुन् ।
सातै प्रदेशका प्रदेश निर्वाचन कार्यालयमा बिहीबार बिहान ९ बजेबाट सुरु भएर अपरान्ह ३ बजेसम्म चलेको मतदान कार्यमा उनीहरु सहभागी नभएको निर्वाचन आयोगले जनाएको छ ।
राष्ट्रिय सभामा उटेको सबै उम्मेदवारहरु दलीय भएका कारण उनीहरुले मतदान गर्ने उपयुक्त पात्र फेला नपारेका हुन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ