लुम्बिनी प्रदेशमा ९७ प्रतिशत मतदान भएको छ ।
लुम्बिनी प्रदेशअन्तर्गत दुई सिटका लागि भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा बिहीबार दिउँसो १ बजेसम्म ९७ प्रतिशत मत खसेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।
घोराही उपमहानगरपालिका–१५ कर्मचारी मिलन केन्द्रमा भएको मतदान केन्द्रमा ८५ जना प्रदेशसभा सदस्य र दुई सय १० जना स्थानीय तहका प्रमुख/उपप्रमुखहरुले मतदान गरिसक्नुभएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार मतदानका लागि अब प्रदेशसभा सदस्य दुई जना र स्थानीय तहअन्तर्गत १० जना मतदातामात्रै बाँकी रहनुभएको छ ।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि अहिलेसम्म लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, सभामुख तुलाराम घर्ती, अर्थमन्त्री धनबहादुर मास्कीलगायतकाले मतदान गर्नुभएको जानकारी दिनुभएको छ ।
लुम्बिनी प्रदेशमा ८७ जना प्रदेशसभा सदस्य र दुई सय १८ जना स्थानीय तहका प्रमुख र उपप्रमुख गरी तीन सय पाँच जना मतदाता रहनुभएको छ ।
निर्वाचनका लागि मतदान गर्ने समय बिहान ९ देखि दिउँसो ३ बजेसम्मलाई तोकिएको छ ।
लुम्बिनी प्रदेशमा अन्यतर्फ एक जना र महिला सिटतर्फ एक जना गरी दुई सिटका लागि ६ जना उम्मेदवार छन् ।
गठबन्धनका तर्फबाट महिला कोटामा नेपाली कांग्रेसबाट विष्णुदेवी सापकोटा, नेकपा (एमाले) बाट तुलसा केसी र राप्रपाबाट विजयालक्ष्मी सिह र अन्य कोटामा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का झक्कुप्रसाद सुवेदी, नेकपा एमालेबाट झपेन्द्रबहादुर घर्ती क्षेत्री र जनमत पार्टीका बालगोविन्द चौधरी उम्मेदवार रहनुभएको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके