सरकारले जापान सरकारबाट कोटेश्वर इन्टरसेक्सन प्रोजेक्टको लागि प्रस्तावित चौंतिस अर्ब ४९ करोड जापानी येन (करिब एकतिस अर्ब दुई करोड नेपाली रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी मस्यौदा सम्झौतालाई अन्तिम रुप दिन जापान सरकारसँग वार्ता गर्न वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। माघ ९ गते बसेको मन्त्रिपरिषद्ले सो निर्णय गरेको हो।
यस्तै गृह मन्त्रालयको प्रस्तावमा सशस्त्र प्रहरीसम्बन्धी विधेयकको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।
अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको लागि नेपाली अवैतनिक महावाणिज्यदूत दीपककुमार खड्काले १० अक्टोबर २०२३ देखि लागू हुने गरी पेस गरेको राजीनामा स्वीकृत गर्ने निर्णय पनि गरिएको छ।
माघ २२ गते दिउँसो ४ बजे बस्ने गरी संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय पनि गरिएको छ।
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरूः
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ