सूचनाको शक्ति - The Power Of Information

        

प्रविधिमैत्री सेवा प्रवाह गर्न सशस्त्र प्रहरीलाई प्रचण्डको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सशस्त्र प्रहरीलाई प्रविधिअनुसार आफूलाई परिचालित गर्न निर्देशन दिएका छन् । प्रविधिको

बहुआयामिक प्रभावसँग साक्षात्कार भई त्यसलाई राष्ट्रियहित अनुकूल परिचालन र प्रयोगमा ल्याउन दक्ष हुनपर्ने प्रधानमन्त्रीको भनाइ छ ।

बदलिएको परिस्थितिअनुसार प्रविधिमैत्री सेवा प्रवाह, सुरक्षा व्यवस्थापन, अपराध नियन्त्रणका लागि दक्ष र चनाखो हुन जरुरी रहेको प्रधानमन्त्री प्रचण्डले बताए ।

उनले सीमा सुरक्षा र व्यवस्थापनको क्षेत्रमा सशस्त्र प्रहरीले अघिसारेका कार्यक्रमले विद्यमान समस्या र चुनौतीहरू सम्बोधन गर्ने विश्वास व्यक्त गरे ।

२३औं सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रचण्डले अवकाशप्राप्त सशस्त्र प्रहरी नायव महानिरीक्षक दिलीपकुमार श्रेष्ठलाई ‘एपीएफ लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान  गरेका थिए ।

उनले यसवर्ष उत्कृष्ट बाहिनी हुन सफल सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दीपेन्द्र शाहलाई ‘उत्कृष्ट बाहिनी अवार्ड’ प्रदान गरे ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार ०९:५५

लोकप्रिय