नेपाली कांग्रेसकी नेता द्रौपदा शर्मा पोखरेलको निधन भएको छ।
१०२ वर्षीया पोखरेलको मंगलबार बिहान काठमाडौंको सामाखुसीस्थित रानीवारीमा रहेको निवासमा निधन भएको हो।
पोखरेलले २००७ सालको जनक्रान्तिको समयदेखि प्रजातन्त्र पुनर्स्थापनाका लागि योगदान दिएकी थिइन्। उनी स्थानीय महिला संघ अध्यक्षसमेत भएकी थिइन्।
पति गोबर्धन शर्मा पोखरेललाई पञ्चायतले सर्वस्व हरण गरेपछि उनलाई पनि २०१८ सालको जनक्रान्तिमा गिरफ्तार गरी पोखरा पुर्याएर हिरासतमा राखिएको थियो। उनी गोबर्धन शर्मा स्मृति ट्रष्टको अध्यक्ष र संरक्षक पनि थिइन्।
उनको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी रहेको छोरा रामचन्द्र पोखरेलले जानकारी दिए। उनका छोराहरू रामचन्द्र, कृष्णचन्द्र, जगदीशचन्द्र र सुवास छन् भने छोरी प्रियंवदा र सत्यदेवी हुन्।
यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले द्रौपदाको निधनको खबरले आफूलाई दुखी बनाएको बताएका छन्। पोखरेलका परिवारका सदस्यहरूलाई टेलिफोन गरी राष्ट्रपति पौडेलले द्रौपदाप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरेको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ