सूचनाको शक्ति - The Power Of Information

        

रक्षामन्त्री खड्काले पाए कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

प्रधानमन्त्री प्रचण्डको अनुपस्थितिमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बिहान युगान्डा प्रस्थान गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी खड्कालाई तोकेका हुन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा भट्टराईले बिहीबार बिहान विज्ञप्ति जारी गरी प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले सम्हाल्ने जानकारी दिएका छन्।

युगान्डामा यही माघ ५ र ६ गते दुई दिन चल्ने नामको शिखबर सम्मेलनमा सहभागी भएर  प्रधानमन्त्री प्रचण्ड यही माघ ७ गते बिहान काठमाडौँं आइपुग्ने कार्यक्रम छ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहीबार ०७:३१

लोकप्रिय