प्रधानमन्त्री पुष्पकमल दाहालले प्रहरी समायोजन प्रक्रिया १५ दिनभित्र टुंग्याउन निर्देशन दिनुभएको छ ।
बुधबार बिहान बालुवाटारमा प्रधानमन्त्री दाहालले संघीय कानुन नबन्दा र प्रहरी समायोजनको प्रक्रिया नटुंगिँदा प्रदेशहरूलाई काम गर्न अप्ठ्यारो परेको भन्दै यसमा गम्भीर हुन गृहमन्त्री नारायणकाजी श्रेष्ठसहितका मन्त्रीहरुलाई निर्देशन दिनुभएको हो ।
संघीयता कार्यान्वयन जुन गतिका साथ हुनुपर्ने हो, त्यो हुन नसक्दा त्यसको प्रत्यक्ष प्रभाव प्रदेशहरूलाई परिरहेको बताउँदै प्रधानमन्त्रीले एकातर्फ प्रदेशका मुख्यमन्त्री र प्रदेश सरकारका काम प्रभावित भएको छ भने अर्कोतर्फ यसैलाई बहाना बनाएर विरोधीहरूले संघीयतामाथि हमला गरिरहेको बताउनु भयो ।
आज बिहान बसेको बैठकमा गृहमन्त्री श्रेष्ठ, मन्त्रीहरू, नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याल, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवर र गृह मन्त्रालयका अधिकारीलगायतको उपस्थित थियो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ