राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बुधबार बस्दैछ ।
दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय चःमतिमा बैठक बोलाइएको उपसभापति डिपी अर्याल (डोलप्रसाद) ले जानकारी दिए।
उनका अनुसार आज बस्ने बैठकमा केन्द्रीय विभागहरूले आ—आफ्ना रिपोर्ट पेश गर्ने कार्यसूची रहेको छ।
‘आजको बैठकमा आर्थिक, प्रशासनिक नियमावली अनुमोदन गर्ने कार्यसूची पनि रहेको छ,’ अर्यालले भने, ‘आर्थिक, प्रशासनिक नियमावलीमा सदस्यहरूको राय लिएर पारित गर्छौं।’
पार्टी सभापति रवि लामिछानेले पार्टीका २१ ज्ना सांसदले नै अलपत्र विकास आयोजनाको पैदल यात्रा गर्ने र सरकारलाई ध्यानाकर्षण गराउने योजना अघि सारेका छन्।
उनले गत शनिबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ को कार्यक्रममा अलपत्र विकास आयोजनामा पैदल यात्रा गर्ने घोषणा गरेका थिए।
‘आज त्यसको पनि विस्तृत कार्ययोजना बनाउँछौं। कुन सांसद कहाँ खटिने? कुन अलपत्र आयोजनामा को जाने भनेर तय गर्नेछौं,’ अर्यालले भने।
राष्ट्रिय स्वतन्त्र पार्टीमा ६५ सदस्यीय केन्द्रीय समिति छ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ