राष्ट्रिय सभा निर्वाचनको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आइतबार बस्दैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन, संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक लगायतका विषयमा छलफल हुने बताइएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार राष्ट्रिय सभा निर्वाचनसहित समसामयिक राजनीतिक परिस्थितिको विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।
संसदको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा संक्रमणकालिन न्यायसम्बन्धी विधेयकमा सहमति नजुटेका विषय बहुमतीय प्रक्रियाबाट टुंगो लगाउने विकल्पमाथि छलफल भएको थियो ।
यही विषयमा आज बस्ने सत्ता गठबन्धनको बैठकबाट निर्णय हुनसक्ने बुझिएको छ । साथै आगामी संसद अधिवेशनबाट सरकारले टीआरसी सम्बन्धी विधेयक पास गर्ने तयारी समेत गरिरहेको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ