अब राष्ट्रियसभाको दलीय हैसियत परिवर्तन हुने भएको छ । प्रतिनिधिसभामा ३२ सीटसहित तेस्रो ठुलो दल रहेको माओवादी केन्द्र राष्ट्रियसभामा पहिलो दल बन्ने भएको हो । माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचनपछि माओवादी केन्द्र ठुलो दल बन्ने भएको हो ।
राष्ट्रियसभामा अहिले माओवादीका १६ सांसद छन् । ३ जना बिदा हुँदा माओवादीले ६ थपेर आफ्नो सांसद संख्या १९ पुर्याउनेछ । त्यस्तै अहिले १० सांसद रहेको कांग्रेस ४ जना बाहिरिँदा १० थपेर १६ पुर्याएर दोस्रो दल बन्दैछ ।
त्यस्तै नेकपा एमालेका १७ सांसदमध्ये ९ जना बाहिरिएपछि ८ सिटमा सीमित हुनेछ । यस निर्वाचनमा एमालेले कुनै सिट जित्ने सम्भावना रहेको छैन । त्यस्तै एकीकृत समाजवादीका अहिले ८ सांसद रहेका छन्, जसमा २ जना बाहिरिँदा २ जना नै थपिने छन् ।
अब यस निर्वाचनपछि राष्ट्रिय सभामा एमाले र एकीकृत समाजवादीको सिट बराबर हुनेछ । तत्कालीन नेकपा विभाजनपछि वामदेव गौतम कुनै पनि पार्टीमा लागेका छैनन् । अहिलेसम्म स्वतन्त्र हैसियतमा रहेका उनले राष्ट्रियसभा चुनावपछि एमाले र एसमध्ये जुन पार्टी रोज्छन्, त्यही नै तेस्रो ठूलो दल हुनेछ ।
उनी स्वतन्त्र नै रहिरहे एमाले र नेकपा एस दुवै ८–८ सीटसहित समान हैसियतमा रहनेछन् । राष्ट्रियसभामा जसपाका तीन सांसद छन् । एक सांसदको पद रिक्त हुँदैछ भने एकजना नै थपिँदै छन् । ५९ सदस्यीय राष्ट्रियसभामा लोसपा, जनमोर्चा, स्वतन्त्र र राष्ट्रपतिबाट मनोनीत एक–एक सांसद रहेका छन् । अब राष्ट्रपतिले मनोनीत गर्ने एक सिट खाली रहेको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं