नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटीको आकार घटाउने तयारी गरेको छ । उपाध्यक्ष पम्फा भूसालको संयोजकत्वमा बनेको पार्टीको विधान मस्यौदा समितिले १५१ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव गरेको हो ।
विधान मस्यौदा समितिका सदस्य गणेश साहका अनुसार समितिको उक्त प्रस्तावमा शनिबारदेखि बस्ने स्थायी कमिटी बैठकमा छलफल हुने छ । माओवादीमा अहिले ७०० भन्दा धेरै केन्द्रीय सदस्यहरू छन् ।
गत साउनमा बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय कमिटी घटाएर दुई अंकको बनाउने बताएका थिए । यस्तै समितिले प्रदेश, जिल्ला, पालिका र वडा समितिहरूलाई कार्यकारिणी बनाउने पनि प्रस्ताव गरेको छ । केन्द्रीय विभागहरू घटाउने र एउटा विभागमा बढीमा १५ जना सदस्य राख्ने सहमति विधान मस्यौदा समितिले गरेको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं