राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत आज उम्मेदवारको नामावली प्रकाशन हुँदैछ ।
मनोनयन दर्ता गराएका उम्मेदवारीविरुद्ध परेका दाबीविरोध र उजुरीको छानबिन गरेपछि निर्वाचन आयोगले बिहीबार दिउँसो नामावली प्रकाशन गर्ने आयोगको तालिका रहेको छ ।
आयोगको कार्यतालिकाअनुसार सोमबार मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध मंगलबार परेका दाबीविरोध र उजुरीमाथि दुई दिन छानबिन गरेपछि आज नामावली प्रकाशन हुन लागेको हो ।
गत सोमबार राष्ट्रिय सभाका १९ सिटका लागि सात प्रदेशबाट ५२ जनाको उम्मेदवारी परेको छ । निर्वाचनमा नाम फिर्ता लिन चाहने उम्मेदवारले शुक्रबार नाम फिर्ता गर्न सक्नेछन् ।
त्यसपछि शुक्रबार नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । यस्तै पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ