राष्ट्रिय सभाको १९ सिटमा सत्ता गठबन्धनमा सिटको बाँडफाँट भएको छ । आइतवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सिट बाँडफाँटको टुंगो लगाएको हो ।
बैठकमा सहभागी नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले १९ सिटमध्ये १० मा नेपाली काँग्रेस, ६ वटा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), २ वटा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र एउटा जनता समाजवादी पार्टी, नेपालले उम्मेदवारी दिनेगरी टुंगो लागेको बताउनु भयो ।
प्रमुख सचेतक लेखकले भन्नुभयो, ‘राष्ट्रिय सभाको निर्वाचनको सन्दर्भमा सरकारमा संलग्न र सहयोगमा समर्थन गर्ने दलहरुका बीचमा संयुक्त रुपले उम्मेदवारी दिने विषय टुंगो लाग्यो ।
जम्मा १९ वटा पदका लागि १० वटा स्थानमा नेपाली काँग्रेसले, ६ वटा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), २ वटा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र एउटा जनता समाजवादी पार्टी, नेपालले उम्मेदवारी दिनेगरी टुंगो लागेको छ ।
तदनुरुप अहिलेको गठबन्धनले उम्मेदवारी दिनेछ । आफ्नो आफ्नो पार्टीमा बसेर अब छलफल गर्छौं र क्लस्टरका बारेमा पनि धेरै ठाउँमा टुंगो लागिसकेको छ, एक दुई ठाउँमा छलफल गरेर टुंगो लाग्नेछ ।’
प्रमुख सचेतक लेखकले क्लस्टरका बारेमा पनि धेरै ठाउँमा टुंगो लागिसकेको र बाँकी रहेका स्थानमा पार्टीमा छलफल गरेर टुंगो लगाउने बताउनु भयो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ