२०८३ असार ११ , बिहीबार 26, June 2026, Friday

एमालेले राष्ट्रियसभाको १९ वटै सिटमा उम्मेदवारी दिने

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० पुस २० गते शुक्रबार

नेकपा एमालेले राष्ट्रिय सभा निर्वाचनमा १९ वटै सिटमा उम्मेदवारी दिने भएको छ ।

शुक्रबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले गरेको निर्णय सार्वजनिक गर्दै महासचिव शंकर पोखरेलले उक्त जानकारी दिएका हुन् ।

‘प्रत्येक क्लस्टरमा तीन जनाको नाम मागेको थियो । सिफारिस भएका नामको बारेमा प्रारम्भिक छलफल भयो’ उनले भने, ‘क्लस्टरमा पर्ने वा नपर्ने भन्ने विषयमा छलफल गरेर २३ गते १९ वटै उम्मेदवारको नाम सार्वजनिक गर्ने तयारी गरेका छौं ।’

प्रकाशित मिति : २०८० पुस २० गते शुक्रबार