नेकपा माओवादी केन्द्रले तीन महिने ‘जनतासँग माओवादी’ अभियानले जनतामा आशा र उत्साह जगाएको बताएका छन् । मंगलबार पार्टी कार्यालयमा पत्रकार सम्मलेन आयोजना गर्दै पार्टी उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले जनता आफुतिर फर्किएको बताएका हुन् ।
‘तीन महिने अभियानले पार्टी एक भएको छ, नयाँ आशा र उत्साह देखिएको छ । जनता हामीतिर फर्किएका छन् । जनताका गुनासा र आशा छन् तर यसलाई निरन्तरता दिनुपर्ने माग पनि गरेका छन्,’ प्रवक्ता सापकोटाले भने ।
त्यस्तै उनले गाउँगाउँमा माओवादीका संगठनहरु चलायमान बनेको समेत बताए । उनले भने, ‘बनेको ठाउँका संगठन चलायमान भएका छन् । नबनेका ठाउँमा संगठन बनेका छन् । पार्टीबाट पलालयन हुने कुरा रोकिएको छ । पार्टी प्रवेशको क्रम पनि बढेको छ ।’
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं