इपीएस भाषा परीक्षाको विषयलाई लिएर भएको प्रदर्शनमा दुई युवाको मृत्यु भएको यतिका दिन बितिसक्दा पनि गृहमन्त्री नारायणकाजी श्रेष्ठले एक शब्द पनि बोलेका छैनन् । तालुक मन्त्रालयका मन्त्रीको मौनतालाई सन्देहात्मक मानिएको छ ।
इपीएस शाखाले पानी जहान निर्माणका लागि दक्षिण कोरिया जान भाषा परीक्षा दिएर अनुत्तीर्ण भएकालाई उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा सामेल नगराउने निर्णय गर्यो । तर, १८ जनाले न्यायालयको आदेशमार्फत परीक्षामा लेख्नका लागि फारम भर्न पाए । बाँकी युवा भने भाषा परीक्षामा सामेल हुन पाउनुपर्ने भन्दै इपीएस शाखा ग्वार्को ललितपुरमा आन्दोलित भए ।
भाषा परीक्षामा सामेल हुन नपाउने भएपछि युवाले बालकुमारी क्षेत्रमा प्रदर्शन गरे । सोही क्रममा भौतिक पूर्वाधार तथा यातायातत्रमन्त्री प्रकाश ज्वाला सरकारी गाडीमा बालकुमारी क्षेत्र पुगे । प्रदर्शनकारी युवाले मन्त्रीको गाडी जलाए । सोही क्रममा प्रहरी दमनबाट सुजन राउत र वीरेन्द्र शाहको मृत्यु भयो ।
रोजगारी गर्न विदेश जान पाउनुपर्ने माग गर्दै प्रदर्शनमा रहेका दुई युवाको मृत्यु भएपछि सरकारले उनीहरूको परिवारलाई १०–१० लाख राहत दिने निर्णय गर्दै सम्बन्धित क्षेत्रका प्रहरी प्रमुख, इपीएस शाखा प्रमुख र मन्त्री ज्वालाका पिएसओलाई निलम्बन गरिसकेको छ । साथै, सोमबार छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्ने सरकारले तयारी गरेको छ ।
घटनाका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक कार्यक्रममा बोल्दै आएका छन् । कोही दोषी देखिए कारबाही गर्ने प्रतिबद्धता पनि जाहेर गर्दै आएका छन् । तर, शान्ति सुरक्षाको जिम्मेवारीमा रहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठ भने यो घटनामा एक शब्द पनि बोलेका छैनन् ।
विभिन्न घटनाक्रममा सामाजिक सञ्जालमार्फत छिट्टै प्रतिक्रिया जनाउँदै आएका गृहमन्त्री दुई युवाको मृत्यु हुने गरी भएको गम्भीर घटनामा भने मौन रहेका छन् । उनको मौनतालाई लिएर अनेक टिप्पणीहरू हुने गरेका छन् । विभिन्न राजनीतिक दलका नेताले उनको राजीनामा समेत मागेका छन् । तर, उनी भने अहिलेसम्म केही बोलेका छैनन् ।
यतिसम्म कि, मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्न पनि चाहेका छैनन् । गृहमन्त्री नबोले पनि उनी निकट माओवादी नेता कार्यकर्ताले भने गृहमन्त्रीलाई हटाउन नियोजित रुपमा दुई युवाको मृत्यु हुने गरी परिस्थिति भड्काइएको आरोप लगाइरहेको छन् । तर, उनीहरूको आरोप पुष्टि हुने प्रमाणहरू भने कसैसँग छैन ।
यति गम्भीर घटनामा गृहमन्त्रीको मौनतालाई लिएर विभिन्न कोणबाट टिप्णीहरु समेत हुन थालेको छ । कतिपयले त गृहमन्त्रीको अनुमतिमा गोली चलेको त थिएन ? भनेर पनि आशंका पनि व्यक्त गरेका छन् ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं