२०८२ मंसिर २२ , सोमबार 9, December 2025, Tuesday

पेट्रोल र डिजेलको मूल्य घट्यो

सत्यपाटी
सत्यपाटी । काठमाडौँ । २०८० मंसिर ३० गते शनिबार

नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ ।

निगमले शुक्रबार एक विज्ञप्तिमार्फत पेट्रोल र डिजेलको मूल्य घटेको जनाएको हो ।

पेट्रोल र डिजेलको मूल्यमा प्रतिलिटर ३-३ रुपैयाँ घटेको छ ।

घटेको मूल्य शुक्रबार मध्यरातिदेखि लागु हुने छ ।

नयाँ मूल्यसूची अनुसार अब पेट्रोल प्रतिलिटर १६७ र डिजेल/मट्टितेल प्रतिलिटर १५७ रुपैयाँ पर्नेछ ।

प्रकाशित मिति : २०८० मंसिर ३० गते शनिबार