२०८२ मंसिर २६ , शुक्रबार 12, December 2025, Friday

सुनकाे भाउ आज तीन सय रुपैयाँले बढ्याे

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० मंसिर २९ गते शुक्रबार

सुनचाँदीको भाउ आज पनि बढेको छ ।

हिजो तोलामा एकैदिन दुई हजार ८ सय रुपैयाँले  बढेको सुनको भाउ आज फेरि तीन सय रुपैयाँले महँगिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

महासङ्घका अनुसार सुनको भाउ आज तोलामा एक लाख १९ हजार एक सय रुपैयाँ छ । हिजो तोलाको एक लाख १८ हजार ८ सय रुपैयाँ थियो ।

गएको १८ गते सोमवार सुन अहिलेसम्मकै महँगो तोलामा एक लाख २१ हजार ६ सय रुपैयाँमा पुगेको थियो ।

यस्तै, आज चाँदी पनि तोलामा १५ रुपैयाँले बढेर एक हजार ४ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०८० मंसिर २९ गते शुक्रबार