२०८३ वैशाख १४ , सोमबार 27, April 2026, Monday

सुनको भाउ आज एकैदिन तोलामा २८ सय रुपैयाँले बढ्यो

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० मंसिर २८ गते बिहीबार

सुनको भाउ आज एकैदिन तोलामा २ हजार ८ सय रुपैयाँ बढेको छ ।

सुनको भाउ आज तोलामा एक लाख १८ हजार ८ सय  रुपैयाँ पुगेको छ  । यो हिजोको भाउभन्दा तोलामा दुई हजार ८ सय रुपैयाँले धेरै हो ।

यसअघि गएको १८ गते सोमवार सुनको भाउ तोलामा एक लाख २१ हजार ६ सय रुपैयाँमा पुगेको थियो ।

त्यसयता भने लगातारजसो घटेको भाउ आज फेरि एकै पटक दुई हजार ८ सय रुपैयाँले बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपाली बजारमा पनि बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा ५५ रुपैयाँले बढेर चाँदी आज एक हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०८० मंसिर २८ गते बिहीबार