शेयर बजार आज बुधवार सामान्य बढेकाे छ । दिनभर उतारचढाव भएकाे शेयर बजार परिसूचक नेप्से आज २ दशमलव ६० अङ्कले बढेर १ हजार ९ सय ८८ दशमलव ०४ विन्दुमा पुगेकाे छ ।
आज हाेटल तथा पर्यटन, बीमा र व्यापारबाहेक अरू समूहकाे शेयर बढेकाेमा विकास बैंक, उत्पादन तथा प्रशाेधन, माइक्राेफाइनान्स समूहकाे शेयर उच्च अङ्कले उकालाे लागेकाे छ । आज बाेटलर्स नेपालकाे शेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेकाे छ । समग्रमा बजार बढेकाे दिन कुथेरी बुखारी हाइड्राेपावरकाे शेयर भने साढे ५ प्रतिशतभन्दा धेरैले घटेकाे छ ।
आज १ कराेड २० लाख कित्ता शेयर ३ अर्ब ९० कराेड रुपैयाँमा काराेबार भएकाे छ । आज सबैभन्दा धेरै साेनापुर मिनरल्स एन्ड आयल लिमिटेडकाे १४ कराेड ६७ लाख रुपैयाँकाे शेयर किनबेच भयाे ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ